
समाचार कुञ्ज घिरिङ गाउँ पालिकाको आयोजना तथा बहिनी एडुकेयर फाउन्डेसन पोखराको प्राविधिक सहयोगमा शनिबार घिरिङ गाउँपालिका-४ स्थित महेन्द्रज्योती माविमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवि अधिकारीले उद्घाटन गरिन् । उक्त शिविरमा दन्त विशेषज्ञ निको डेन्टल क्लिनिककी डा.बिजयता श्रेष्ठ, मणिपाल शिक्षण अस्पताल पोखराकी स्त्रीरोग विशेषज्ञ डा.सुन्दरी थापा, , मणिपाल शिक्षण अस्पताल पोखराका छालारोग विशेषज्ञ डा.विष्णुप्रसाद अधिकारी र गन्डकी मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा.सौरभ गौतमले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा ११५ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अधिकारी, कार्यपालिका सदस्य रिमा कुमाल, महेन्द्र ज्योती माविका प्रअ तेजनारायण शाह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य घिरिङ स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले र सन्चालन तथा व्यवस्थापन घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस