
समाचार कुञ्ज समर रानाभाट,
घिरिङ मगर एकता दिवसको अवसरमा घिरिङ गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिइएको छ । ४२ औँ मगर एकता दिवसकोउपलक्ष्यमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । 
फागुन १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १५ गते मगर एकता दिवसको अवसरमा बिदा दिनलागिएको नगरपालिकाले जनाएको छ ।
सो दिन नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सम्पूर्ण वित्तीय संघसंस्थाहरुलाई सार्वजनिक बिदा दिइएकोघिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाद्वारा हस्ताक्षरित सूचना जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस