आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

चौथो ऋषिङ अध्यक्ष कपको उपाधि गलकोट नगरपालिकालाई


  • समाचार कुञ्ज
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • दमौली : चौथो ऋषिङ गाउँपालिका अध्यक्ष  कप ‘२०८० ‘को  भलिबल  प्रतियोगिताको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले हात पारेको छ।

    ऋषिङ गाउँपालिका -४ स्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेलमैदानमा बुधवार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३/१ को सेटले पराजित गर्दै गलकोट नगरपालिकाले चौथो ऋषिङ अध्यक्ष  कपको उपाधि जितेको हो ।

    तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताको उपाधिसँगै गलकोट नगरपालिकाले नगद एक लाख ८७ हजार हात पारेको छ भने शुक्लागण्डकी नगरपालिकाले नगद  एक लाख २० हजारमा चित्त बुझायो 

    त्यस्तैगरी  तेश्रो हुन सफल बौदीकाली गाउँपालिकाले ५४ हजार र सान्त्वना हुन सफल भिमाद नगरपालिकाले १३ हजार ५ सय प्राप्त गरे । खेलमा उत्कृष्ट खेलाडी गलकोट नगरपालिकाका सुमि विक ठहरिए ।

    जिल्लाका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट सेटर गलकोटका मिन सुनार , वेस्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशिस श्रेष्ठ, वेस्ट डिफेण्डर बौदीकालीकै सुरन गाहा मगर,वेस्ट मिडल ब्लकरमा शुक्लागण्डकीका रमेश गुरुङ र उदियमान खेलाडीमा गलकोटका लवसन सिजाली  घोषित भए।

    ५ दिन सम्म चलेको उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट