आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

एमाले तनहुँ–२ का उम्मेदवार सिग्देलले शुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’ अभियान


  • समाचार कुञ्ज
  • २०८२ फागुन ११, सोमबार मा प्रकाशित ५ दिन अघि
  • २६ पाठक संख्या
  • दुलेगौंडा, ११ फागुन । फागुन २१ निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेका तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन् ।
    परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न प्रविधिलाई उपयोग गरेको सिग्देलले बताए । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल र क्युआर कोडको माध्यमबाट मतदाताका गुनासा, आवश्यकता र विकासका योजनाहरू सङ्कलन कार्य सुरु गरेका हुन् ।
    नेताले बोल्ने र जनताले सुन्ने पुरानो परिपाटीलाई परिवर्तन गर्दै अहिलेको सयम अनुसार यो अभियान शुरु गरिएको हो । उनका अनुसार डजिटल माधयममा क्युआर कोड स्क्यान गरेर नागरिकले सिधै आफ्ना समस्या र सुझाव लेख्न सक्नेछन् । विशेषगरी वैदेशिक रोजगार र जिल्ला बाहिर रहेका मतदाताहरूलाई यो प्लेटफर्मले उम्मेदवारलाई मार्गदर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
    प्राप्त सुझावहरूलाई विज्ञहरूको टोलीले वर्गीकरण गरी प्राथमिकताका आधारमा भावी योजनामा समावेश गरिने सिग्देलको सचिवालयले जनाएको छ । यो अभियानले यसले मतदाता र उम्मेदवारबीचको दूरी कम गर्ने मात्र नभई तथ्याङ्कमा आधारित विकासको अवधारणालाई पनि बल पु¥याउने नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट