आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

घिरिङमा एक्सरेद्धारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम शिविर सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ चैत्र २३, सोमबार मा प्रकाशित १ हफ्ता अघि
  • २८ पाठक संख्या
  • तनहुँ , चैत :२३ घिरिङ गाउँपालिका र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ , जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था JANTRA सयुक्त आयोजनामा नयाँ प्राविधियुक्त सहयोग आइतवार एक्स–रेद्धारा छातिरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम शिविरसम्पन्न भएको छ । घिरिङ गाउँपालिका – ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा भएको छातिको एक्सरे शिविरमा ५४७ जनाको परिक्षण गरिएको थियो । शिविरमा परीक्षण गरिएका मध्ये २२ जनामा क्षयरोग पुष्टी भएको छ ।त्यस्तै ३९ जनाको खकार परीक्षणका लागि प्रादेशिक अस्पताल पोखरा पठाईएको छ ।

    शिविरमा क्षयरोग (छाती रोग)को एआई एक्सरे प्रबिधिद्वारा निशुल्क चेकजाँच गरिएको आयोजकले जनाएको छ । शिविरमा वरिष्ठ पेट ,मुटु तथा छाती रोग विशेषज्ञ डाक्टरको नेतृत्वमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
    घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर -२ का वडा अध्यक्ष नर बहादुर थापा, कार्यपालिका सदस्य ईश्वरी श्रेष्ठ ,सदस्य पार्वती विक विशेष उपस्थिति रहेको थियो भने, जनप्रतिनिधि, टोल विकास सस्थाका प्रतिनिधि ,स्थानीय आमा समूह, स्वास्थ्य स्वयंसेविका पत्रकारलगायतको उपस्थिती रहेको थियो ।
    वडा नम्बर -३ का वडा अध्यक्ष तहल सि थापाको अध्यक्षता भएको कार्यक्रमको घिरिङ सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रित्तम थापाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन र व्यावस्थापन घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट