
समाचार कुञ्ज देवचुली । देवचुली-१७ बरटाँडीमा जारी सेभेन ए साइड नकआउट फुटबल प्रतियोगितामा शुक्रबारको खेलबाट अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश गरेको छ । नयाँ वर्ष २०८३ अवसरमा बरटाँडी युवा क्लब, देवचुली-१७ द्वारा जीवन ज्योति आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको हो ।
प्रतियोगितामा शुक्रबार युनाइटेड क्लब गिरवारीका विरुद्ध अभिषेक चर्च रजहर बिच भएको खेलमा अभिषेक चर्च विजयी भएको हो । अभिषेक चर्चले युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा हरेक दिनको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष मनबहादुर बिक ( मनोज) ले जानकारी दिए । प्रतियोगिता अन्तर्गत शनिबार देवचुली-१ केउरानीका विरुद्ध अभिषेक चर्चबीच पहिलो सेमिफाइनल र फाराम खेलकुद विकास समितिका विरुद्ध प्रगतिकला युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस