
समाचार कुञ्ज देवचुली । जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष पदमा राजु चापागाई पुनर्बहाली भएका छन् । २०८१ चैत २० गते कोषाध्यक्ष भएका चापागाईंले चैत्र २४ गते सपथ ग्रहण गरेका थिए । पुर्व कोषाध्यक्ष कोषराज कार्कीले आफ्नो कार्यकाल नसकिएको भन्दै २०८१ चैत्र २६ गते उच्च अदालत पोखरामा उत्प्रेषण परमादेश रिट दायर गरेका र उक्त दिन अदालतले अन्तिम फैसला नहुँदासम्म कोषराज कार्कीलाई नै कोषाध्यक्षको काम संचालन गर्न आदेश दिएको थियो ।






पूर्व कोषाध्यक्ष कोषराज कार्कीले २०८१ चैत २६ गते दायर गरेको उत्प्रेषण परमादेश रिट उच्च अदालत पोखराले जेठ ६ गते खारेज गरेसँगै चापागाई पुनः आफ्नो पदमा फर्किएका हुन् । अदालतको उक्त आदेशपछि जिल्ला खेलकुद विकास समितिमा चापागाईले पुनः कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
रिट खारेज भएसँगै समितिको पछिल्लो विवादसमेत कानुनी रूपमा टुंगिएको बताइएको छ । पुनर्बहालीपछि चापागाईले जिल्लाको खेलकुद विकास, खेलाडी प्रोत्साहन तथा खेल गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने बताएका छन् । खेल क्षेत्रमा अनुभवी चापागाई देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका संस्थापक सचिव समेत हुन् ।
जिल्ला खेलकुदसँग सम्बन्धित विभिन्न व्यक्तिहरूले उच्च अदालतको निर्णयलाई स्वागत गर्दै समितिमा स्थायित्व आउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस