आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

राष्ट्रिय युवा संघ भिमादद्वारा चैत्र १५ देखि अन्तर वडा स्तरीय भलिबल प्रतियोगीता शुरू हुने 


  • समाचार कुञ्ज
  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३९ पाठक संख्या
  • चैत्र १३ , भिमाद 
    राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीले  अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पछिल्लो समय भिमाद नगरपालिका भित्र सक्रिय रुपमा सामाजिक र रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको राष्ट्रिय युवा संघले चैत्र १५ देखि १८ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादले जनाएको छ ।

    ghiring

    ghiring

    आज आयोजित पत्रकार सम्मेलनमा विपन्न  परिवारको घर निर्माण सहयोगार्थ , खेलकुद क्षेत्रको विकास, खेल पर्यटनको विकास साथै भिमादको चिनारीलाई उजागर गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरेको राष्ट्रिय युवा संघ भिमादका अध्यक्ष बुद्धि बहादुर मल्ल (विजय) ले बताए ।

    यस्तै प्रतियोगिताका कार्यक्रम संयोजक शिव आलेले सो अवसरमा भिमाद नगरपालिका साथै आसपासका म्याग्दे , ऋषिङ्ग , घिरिङ्ग हरिनाश गाउँपालिका र शुक्लागण्डकी, चापाकोट नगरपालिका भित्रका वडाहरू खेलमा सहभागी हुन पाउने बताएका छन् । 

    साथै सो अवसरमा संघले भिमाद नगरपालिकाबाट उदाएका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । भिमाद रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको  नेकपा एमालेका स्थायी कमिटी सदस्य, गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले उत्घाटन गर्ने कार्यक्रम तय भएको आलेले बताएका थिए। 

    प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय र सान्त्वना स्थान हासिल गर्ने समुहले क्रमश ७० हजार , ४० हजार , २० हजार र १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन्। यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन् । राष्ट्रिय युवा संघ यसअघि भिमाद नगरपालिका वडा नं २ निवासी रेश बहादुर कुमालको घर निर्माण गरिदिएको थियो । भने हाल भिमाद नगरपालिका वडा नं ३ खेक्रेटारका देव बहादुर कुमालको घर बनाइरहेको छ । यस्तै प्रतियोगिताबाट सङ्कलित  रकमबाट विपन्न परिवारहरुको आवास निर्माण गर्ने संघले बताएको छ । 
    आजको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य दिना गोतामे नेकपा एमाले भिमादका अध्यक्ष इमान बहादुर थापा, नेकपा एमाले भिमादका उपाध्यक्ष चतुर्भुज सुवेदी लगायतको उपस्थिती रहेको थियो।भिमाद एफएम बाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट