
समाचार कुञ्ज तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नं.४ गडाैलीमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।घिरिङ गाउँपालिकाकाप्रमुख प्रशासकीय अधिकृत कृष्ण
प्रसाद ढकाल हस्ताक्षर सुचनामा घिरिङ गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालयतनहुँको प्राविधिक
सहयोगमा शिविर संचालन गर्न लागेको उल्लेख गरिएको छ । सामुदायिक स्वास्थ्य इकाइ गडाैलीटारमा यही २०८१ साल वैशाख ३ गते सोमबार दिन क्षयरोग खोजपडताल ( स्कृनिङ्ग )तथारक्त चाप , सुगर परिक्षण शिविर, शंकास्पद क्षय रोगीको खकार जाँच ,
४० बर्ष माथिका विरामीहरूको रक्त चाप , सुगरपरिक्षण , स्वास्थ्य परामर्श गरिने घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जनाए ।
रिमालले उक्त शिविरमा उपस्थित भई सबैले आफ्नो समस्या राख्न र उपचार गर्न पाउने अवसरबाट बन्चित नहुन समेत आग्रहगरेका छन्

प्रतिक्रिया दिनुहोस