आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सन्दिपको न्यायका लागि देवचुलीका युवाहरू आन्दोलित


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • देवचुली । नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई न्यायका लागि दबाब दिनका लागि देवचुलीका युवाहरु आन्दाेलित बनेका छन् । लामो समयसम्म सन्दिपको मुद्दाको कुनै सुनुवाइ नभएपछी समर्थकहरुले सन्दिप लामिछाने दोषी भए सजाय दिन र निर्दाेष भए विश्वकप खेल्न दिन माग गरि सडकमा उत्रिएका हुन्।
     

    १० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले सन्दिप लामिछानेको मुद्दा चाँडै टुंग्याउन र निर्दोष भए विश्वकप खेल्न दिनपर्ने युवाहरुको माग छ । दोषी भए सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ, सन्दिपलाई न्याय देउ, लगायतका प्लेकार्ड सहित सडकमा आएका युवाहरुले पुर्व पश्चिम राजमार्ग केही समय अवरोध गर्दै नाराबाजी गरेका थिए।

    सन्दिपको मुद्दा हेर्न नभ्याउने भन्दै पटक पटक पछि सारिएको विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका खेलाडीलाई न्याय दिलाउनका लागि आन्दोलन गर्नुपरेको चिरञ्जीवी पाण्डेले बताए । कार्यक्रमको कोणसभामा रामप्रसाद भुर्तेलले कार्यक्रम गर्नुको उद्देश्यको बारेमा आन्दोलनमा सहभागीलाई जानकारी गराएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट