आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कावासोती नगरपालिकामा तोडफोड


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • कावासोती । नवलपुरको कावासोती नगरपालिकामा तोडफोड भएको छ ।

    नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले कावासोती नगरपालिकामा तोडफोड गरेका हुन ।

    बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो । आक्रोसित स्थानीय बासिन्दा, पीडितका परिवार र आफन्तले नगरपालिकामा ढुंगामुढा सहित तोडफोड गरेका हुन् ।

    प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो । उनीहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

    नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट