आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सन्दीपको टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ३, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कावासोती । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् ।

    सन्दीपले ५४ टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन् । अफगानिस्तानका राशिद खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए ।

    सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

    सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए । सन्दीपले बंगलादेशका जाकर अलिको विकेट लिदै आफ्नो १ सयौं विकेट पूरा गरेका हुन् ।qqq

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट