आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

युनाईटेड गोल्ड कप : वातासिनो कावासोतीले सेमिफाइनलको ढोका खोल्यो  


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आइतबार सम्पन्न क्वाटरफाइनल अन्तरगतको खेलमा वातासिनो कावासोती विजयी भएको छ ।

    नमुना युवा क्लब पश्चिमटोलालाई पराजित  गर्दै वातासिनो कावासोतीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो  ।

    निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी ट्राईबेकर मार्फत ४-२ अन्तरले वातासिनो कावासोती बिजयी भएको हो ।

    सोमबार  सेन्ट्रल कलेज २८ बिगाहा र भेडावारी युवा क्लब भेडावारीले सेमिफाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछन  ।

    प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

    उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

    युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट