आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • देवचुली । देवचुली १७ मा रहेको फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन भएका छन् । आइतबार हमालको नेतृत्वमा ७ सदस्यीय खेलकुद विकास समिति गठन गरिएको हो ।

    जसको सचिवमा चित्रबहादुर सारु मगर, कोषाध्यक्षमा सरोज पौडेल , सदस्यहरूमा तारा बिक, भगवती शर्मा तिवारी, हिरालाल खोजवर र पुर्ण बहादुर तामाङ चयन भएका हुन् । नव गठित समितिका अध्यक्ष हमाललाई देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले सपथ ग्रहण गराएका हुन् । वडा अध्यक्षबाट सपथ ग्रहण गरेपछि हमालले सचिव, कोषाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका हुन् ।

    नव गठित फारम खेलकुद विकास समितिको अध्यक्ष हमालले देवचुली १७ मा खेलकुदका गतिविधिलाई चलायमान बनाउन प्रतिबद्ध रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट