आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई देवचुलीमा स्वागत


  • समाचार कुञ्ज
  • २०८१ पौष १३, शनिबार मा प्रकाशित १ साल अघि
  • ३६ पाठक संख्या
  • देवचुली । राष्ट्रिय क्रिकेट टिमका तीनजना खेलाडीलाई देवचुली नगरपालिकामा स्वागत गरिएको छ । राष्ट्रिय खेलाडी भिम सार्की, शाहब आलम र किशोर महतोलाई नगर प्रमुख हरिप्रसाद न्यौपानेले स्वागत गर्नुभएको हो ।

    ghiring

    ghiring

    मधेश कप क्रिकेट प्रतियोगिता तयारीका लागि देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमी आएका खेलाडीहरुलाई नगरपालिकामा स्वागत सहित क्रिकेटका बारेमा छलफल गरिएको हो । स्वागतको क्रममा नगर प्रमुख न्यौपानेले देवचुलीले क्रीकेटको क्षेत्रमा गर्ने सक्ने संभावित पुर्वाधार तथा जनशक्ति विकासको बारेमा छलफल खेलाडी सँग छ्लफल गर्नुभएको थियो।

    देवचुली नगरपालिकाबाट राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन हुँदै गएका र पालिकाबाट नगरका खेलाडीहरुलाई सेवा सुविधा उपलब्ध गराउन सके राम्रो हुने राष्ट्रिय खेलाडी भिम सार्कीले बताउनुभयो । उहाँले नगरपालिकाले क्रिकेट खेलका लागि पुर्वाधार निर्माणमा जोड दिन समेत आग्रह गर्दै स्वागतका लागि देवचुली नगरपालिकालाई धन्यवाद दिनुभएको थियो ।

    देवचुली नगरपालिका आएका खेलाडीलाई नगर प्रमुख न्यौपानेद्वारा किसानद्वारा उत्पादन गरेको मह मायाको चिनोका रुपमा प्रदान गर्नुभएको थियो । स्वागत तथा छ्लफल कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, नगर खेलकुद विकास समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट