
समाचार कुञ्ज नवलपुर, जेठ 2
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमालले उद्योगमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो नवलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रिमालले नवलपुरको लोकाहा क्षेत्रमा रुख गणनाको कार्य सम्पन्न भइसकेको जानकारी दिँदै अब छिट्टै औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण भई आवश्यक प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमालले सरकार परिवर्तन भइरहने अवस्था र वनसम्बन्धी प्रक्रियागत जटिलताका कारण उद्योग–व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको बताउनुभएको छ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले सरकार परिवर्तन भइरहने राजनीतिक अवस्थाले उद्योगी–व्यवसायी मारमा परेको बताउनुभयो। उहाँले चितवन राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत तथा प्रक्रियागत कारणले उद्योग सञ्चालनमा समस्या भएको उल्लेख गर्दै विज्ञापन कर, व्यवसाय कर तथा स्थानीय तहबाट लिइने विभिन्न करका कारण व्यवसायी थप दबाबमा परेको गुनासो गर्नुभयो ।
अध्यक्ष पोख्रेलले निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउँदै व्यवसायमैत्री नीति अवलम्बन गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
स्वागत तथा सम्मान कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलको अध्यक्षता रहेको थियो भने गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री योशोदा रिमाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिवले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्षले व्यक्त गर्नुभएको थियो।







प्रतिक्रिया दिनुहोस