आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

नारायणी पुलबाट हाम्फालेका रानाभाट बपत्त, खोजी कार्य


  • समाचार कुञ्ज
  • २०८३ श्रावण ५, मंगलबार मा प्रकाशित १ मिनेट अघि
  • १५ पाठक संख्या
  • आज बिहान करिब ७ बजे नारायणी पुलबाट एक व्यक्तिले नदीमा हाम्फालेका छन्। गैंडाकोट नगरपालिका–१ निवासी अन्दाजी ४० वर्षीय सन्तोष रानभाटले पुलबाट हाम्फालेको प्रारम्भिक जानकारी प्राप्त भएकोा गैंडाकोट प्रहरीले जनाएको छ।प्रहरीका अनुसार रानभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै छाडिएको अवस्थामा फेला परेको छ। घटनापछि तत्काल वडा प्रहरी कार्यालयको विपत् व्यवस्थापन टोली तथा सशस्त्र प्रहरी उद्धार टोली परिचालन गरी नारायणी नदीमा खोजी कार्य सुरु गरिएको छ।घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुखले जानकारी दिएका छन् भने नदीमा बेपत्ता भएका रानभाटको खोजी कार्य जारी रहेको छ।

    ghiring

    ghiring

    नारायणी पुलबाट नदीमा हाम्फालेर आत्महत्या वा आत्महत्याको प्रयास गर्ने घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएको स्थानीयवासी बताउँछन्। पुलमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

    प्रहरीले घटनासम्बन्धी कुनै थप जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। narayani online

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट