आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

बागलुङमा ‘पिकअप भ्यान’ दुर्घटना, पाँच जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २६, सोमबार मा प्रकाशित १ साल अघि
  • ३४ पाठक संख्या
  • बागलुङ । बागलुङ छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

    ghiring

    ghiring

    बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    भ्यान सडकदेखि एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । हालसम्म मृतकको पहिचान खुलेको छैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट