आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

छब्दी माविको ७५ औँ वार्षिकोत्सव सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ फागुन ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • २५ पाठक संख्या
  • दुलेगौंडा, ८ फागुन । 

    शुक्लागण्डकी–१० स्थित छब्दी माध्यामिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार विद्यालय परिसरमा सम्पन्न भएको छ । 
    वर्षिकोत्सवको उद्घाटनको अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख  नवराज चापागाईले ग्रामिण भेगमा रहेका विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु चुनौतीको विषय बनेको बताउदै सबैको सामुहिक प्रायसले मात्र संख्या र गुणस्तर बढाउन सकिने उल्लेख गरे । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री लगायतले सम्बोधन गरेका थिए । विद्यालयका प्रधानाध्यापक खुमराज तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षक हुम बहादुर खड्काले गरेका थिए । 
    सो अवसरमा  विभिन्न सांस्कृतिक कार्यक्रम, अक्षयकोष दाताहरूबाट शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै क्या. जगत बहादुर खान ठकुरीले शैक्षिक सत्र २०८२ को लागि कक्षा १–५ का विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट