आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

श्री कृष्ण गंगा आ.विको व्यवस्थापन समितिको अध्यक्षमा मदन रानाभाट


  • समाचार कुञ्ज
  • २०८२ चैत्र ४, बुधबार मा प्रकाशित ७ महिना अघि
  • १०५ पाठक संख्या
  • चैत ,४ गते

    घिरिङ गाउँपालिका वडा नम्बर –४  अवस्थित रहेको श्री कृष्ण गंगा आधारभूत विद्यालयको नया विद्यालय व्यवस्थापन समितिकोअध्यक्षमा  मदन रानाभाट चयन भएका छन् ।

    बुधवार  विद्यालयमा भएको अभिभावकहरुको भेलाले रानाभाटको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएकोहो । बैठक विद्यालय व्यवस्थापन समितिको जेष्ठ सदस्य मिन बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकबाटअध्यक्षसहित नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

    समितिको अध्यक्षमा मदन रानाभाट चयन हुनुभएको छ भने सदस्यहरूमा संरक्षकमा घिरिङ –४ का वडा अध्यक्ष भिम बहादुर कुमाल, पदेन सदस्यमा  घिरिङ– ४ वडा सदस्य मन बहादुर रानाभाट , पुर्ण माया नेपाली ,खिना माया राना,नर बहादुर नेपाली , चमुना सोमै ,सितारानाभाट,,शिक्षक प्रतिनिधिबाट विरेन्द्र दरै तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाट रहनुभएको छ।नवगठितसमितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण तथा अभिभावक र समुदायसँग सहकार्य गर्दैविद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस्तै अभिभावक भेलाले चन्द्र सिंह विको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको विद्यालयकाप्रधानाध्यापक रानाभाटले बताए ।  अभिभावक संघको सदस्यहरूमा मधुमाया थापा,मतिसरा थापा,कल्पना विक,सोम माया नेपाली ,मनबहादुर थापा ,शिक्षक प्रतिनिधिमा पवित्रा रानाभाट, समर रानाभाट र पदेन सदस्यमा प्रधानाध्यापक बाबुराम रानाभाट रहनु भएको छ ।कार्यक्रममा पुर्व वि व्य स का अध्यक्ष, सदस्यहरू ,अभिभावकको बाक्लो उपस्थिति रहेको थियो भने  नि वर्तमान अध्यक्ष टंकलालरानाभाटले वर्तमान अध्यक्ष मदन रानाभाटलाई माईन्ट  हस्तान्तरण गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑