आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

घिरिङ गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ९५० लाभान्वित, ६९ जनाको शल्यक्रिया


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १८, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ५१ पाठक संख्या
  • घिरिङ गाउँपालिका, नेपाल नेत्रहिन संघ लमजुङ, समावेशी विकासका लागि कार्य र भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा घिरिङ गाउँपालिकाको पाँच वटै वडामा सम्पन्न भएको निशुल्क आँखा परिक्षण शिविरमा ९५० जना लाभान्वित भएका छन् ।उक्त शिविर गत बैशाख ८ गतेदेखी सुरु भएको थियो । पाँच वटै वडाका आठ स्थानमा भएको शिविरमा ९५० जना गाउँपालिकाबासीले सेवा लिएका छन् । त्यसमध्ये मोतीबिन्दुका विरामी मध्ये ६९ जनाको बुधबार शल्यक्रिया गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।जस अनुसार वडा नम्बर १ मा ३८२ जना, वडा नम्बर २ मा २ सय जना, वडा नम्बर ३ मा १२९ जना, वडा नम्बर ४ मा १३६ जना र वडा नम्बर ५ मा १०३ जनाको आँखा परिक्षण गरिएको र १३२ जनाको मोतीबीन्दुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रिमालले बताए । उक्त शिविरमा आँखाको जाँच सहित निशुल्क वितरण तथा निशुल्क सल्यक्रिया गरिएको थियो ।बुधबार घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया एवं शिविर समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले शिविर सफल पार्न खट्नुहुने गाउँपालिकाका स्वास्थ्यकर्मी तथा नेपाल नेत्रहिन संघ लमजुङ तथा भरतपुर आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट