आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

बाल विकास सहजकर्ताका लागि शैक्षिक सामाग्री निर्माण तालिम घिरिङमा आजबाट सुरू


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • ५९ पाठक संख्या
  • बैशाख , ३० गते सम्मर रानाभाट

    घिरिङ गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका बालविकास सहजकर्ता तथा प्रराम्भिक कक्षामा अध्यापन शिक्षक शिक्षिकाहरूको लागि शैक्षिक सामाग्री निर्माण सम्बन्धी तिन दिने तालिम आजबाट सुरू भएको छ ।

    गाउँपालिकाको सभाहलमा सुरू भएको तालिमको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गर्नु भएको थियो । कक्षा सकिएको घण्टी बज्दा अझै एकछिन कक्षामा बस्न पाए हुन्थ्यो भन्ने बनाउनपर्ने उहाँले बताउनु भयो । विकासको जग शिक्षा र शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएको उल्लेख गर्दै आर्थिक सुरक्षाका लागि गाउँपालिकाले नीति तथा योजना निर्माण गरिरहेको बताए ।

    यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सिकाइएको ज्ञान र सिप प्रयोग हुन्छ कि हुन्न, विद्यालय र कक्षाको नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदीले बताए ।

    तालिमको सहजकर्ता कुशुम थापाले पहिलो चरणको सुरूवातमा परिचयबाट सुरू गर्नु भएको थियो । आज पहिलो चरणमा कवाज सम्बन्धी , बाल गित , लालि गुराश लगायतका का शैक्षिक सामाग्री निर्माण मा जोड् दिनु भएको थियो । तालिमा घिरिङ गाउँपालिका भित्रका ३७ ओटा विद्यालयका शिक्षक तथा शिक्षिका सहभागी रहेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रम सायक शिक्षा अधिकृत पुष्पा थापा क्षेत्रीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट