आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

बाल विकास सहजकर्ताका लागि क्षमता विकास तालिम घिरिङमा सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २, शनिबार मा प्रकाशित २ महिना अघि
  • ७२ पाठक संख्या
  • जेठ , २ गते सम्मर रानाभाट

    ghiring

    ghiring

    घिरिङ गाउँपालिकाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयका बालविकास सहजकर्ता तथा प्रराम्भिक कक्षामा अध्यापन शिक्षक शिक्षिकाहरूको लागि शैक्षिक सामाग्री निर्माण सम्बन्धी तिन दिने तालिम शुक्रवार समापन्न भएको छ ।बैशाख ३० गते देखि गाउपालिकाको सभाहलमा सञ्चालन भएको यस चरणको तालिम शुक्बार सम्पन्न गरिएको हो ।

    गाउँपालिकाको सभाहलमा भएको तालिम समापन कार्यक्रममा  प्रमुख अतिथि घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा रहनु भएको थियो । कक्षा सकिएको घण्टी बज्दा अझै एकछिन कक्षामा बस्न पाए हुन्थ्यो भन्ने बनाउनपर्ने उहाँले बताउनु भयो । विकासको जग शिक्षा र शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएको उल्लेख गर्दै। आमाबुबाका काखको मायाले हुर्किँदै गरेका बालबालिकालाई विद्यालयको वातावरणमा घुलमिल गराउने सिप कार्यान्वयन हुने अपेक्षा गरे ।

    यस अन्तर्गत तेस्रो दिनको सहजिकरण प्रारम्भिक बाल विकास केन्द्रबाट ४ वर्षसम्मका (४८ महिनासम्मका) बालबालिकामा हुनु पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिमा तालिम केन्द्रीत थियो । यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सुक्ष्म शिक्षण समेत गरेका थिए । दैनिक कार्यतालिकामा आधारित रहेर सिकाइएको ज्ञान र सिप प्रयोग हुन्छ कि हुन्न, विद्यालय र कक्षाको नियमित अनुगमन गरिने शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदीले बताए ।

    तालिमले हामीलाई परिवर्तन गरायो । तालिमपछि अनुभव सुनाउँदै सरास्वती माध्यमिक विद्यालयका सहभागि सम्झना घिमिरेले शिक्षक भएर होइन, घरकी आमा भएर स्नेहपूर्वक वातावरणमा सिकाउनु पर्ने महसुस हुनु तालिमको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताइन ।

    पहिलो चरणमा कवाज सम्बन्धी , बाल गित , लालि गुराश लगायतका का शैक्षिक सामाग्री निर्माण मा जोड् दिनु भएको थियो । कार्यक्रममा चन्द्र ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापा उपस्तिथ रहनु भएको थियो । तालिमा घिरिङ गाउँपालिका भित्रका ३९ ओटा विद्यालयका शिक्षक तथा शिक्षिका सहभागी रहेका थिए । घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सायक शिक्षा अधिकृत पुष्पा थापा क्षेत्रीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट