
समाचार कुञ्ज जेठ , ४ गते , समर रानाभाट
नवलपुरको बौदीकाली गाउँपालिका र कृष्ण गण्डकी साकोषको संयुक्त आयोजनामा बौदीकाली आधारभूत अस्पतालमा रक्तसंचार केन्द्र कवासोतीको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी वौदिकाली शाखाको सहजीकरणमा ८ औ आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बौदिकाली आधारभुत अस्पतालको प्राङगढमा भएको रक्तदानमा ६६ जनाले रक्तदान गरेका छन् । जसमा महिला १० जना सहभागी रहेका छन् भने पुरुष ५६ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।







कार्यक्रममा गाउँपालिका कर्मचारी, हाल कार्यरत कर्मचारी तथा साहकोषको कर्मचारी , सामाजिक व्यक्तिहरू , युवा लगायतले रक्तदाताहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस