आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोतीमा भोलीदेखी मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर हुने


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • रेडियो कावासोती , कात्तिक 

    कावासोती  । नवलपुरको कावासोतीमा मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर हुने भएको छ ।
    रोटरी क्लब अफ कावासोतीको आयोजना तथा  तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भोलिबाट शिविर सञ्चालन हुन लागेको हो । 

    कावासोती ८ थानाचोक देखी दक्षिणपट्टी रहेको अपाङ्ग पुनस्थापना केन्द्रको प्राङ्गणमा शिविर सञ्चालन हुने पूर्व अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । २५, २६ र २७ गते मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविर हुने सापकोटाले जानकारी दिनुभयो । यो वर्ष करिव तीन सय जनाको निशुल्क शल्यक्रिया गर्ने उद्देश्य रहेको सापकोटाले बताउनुभयो । 
    शिविरमा दर्ता, उपचार एवं परीक्षणको नाममा कुनै शुल्क नलिने तथा अपरेशन पश्चात आवश्यक पर्ने परीक्षण, औषधी र चस्मा समेत निशुल्क उपलब्ध गराइने रोटरी क्लब अफ कावासोतीका  पूर्व अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । निशुल्क रुपमा सेवा उपलब्ध गराइने हुँदा लाभ लिनुहुनका लागि रोटरी क्लब अफ कावासोती र पूर्व अध्यक्ष सापकोटाले समेत अनुरोध गर्नुभएको छ । सबैका लागि दृष्टि भन्ने नारा सहित रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरलाई निरन्तर रुपमा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट