आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

उद्घोषकको क्षेत्रमा उदाउँदै संखुवासभाका मिहिन पौडेल  


  • समाचार कुञ्ज
  • २०८१ माघ ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • संखुवासभा । कुनै पनि कार्यक्रमलाई आकर्षण र रोमान्चक बनाउन सबैभन्दा ठूलो हात उद्घोषक ( होस्टिङ ) को हुन्छ । अहिले नेपालमा चलेका उद्घोषकहरु रिमा विश्वकर्मालगायत अन्य उद्घोषकहरु जस्तै हुनसक्ने नयाँ पुस्तामा उदाउँदो उद्घोषक हुन् मिहिन पौडेल । संखुवासभा जिल्लाको मादी नगरपालिकामा बस्दै आएका कार्यक्रम उद्घोषक मिहिन पौडेल अहिलेका स्टेज प्रोग्रामका सर्वाधिक रुचाईएका उद्घोषक हुन् । उद्घोषककै नामबाट पनि दर्शक तान्न सक्ने सांगीतिक उद्घोषकमा पौडेलको नाम अग्र स्थानमा आउछ । पौडेल भर्खर भर्खरै सांगीतिक बजारमा प्रवेश गरेका हुन् । भविष्यमा नम्बर १ उद्घोषक बन्न सक्ने क्षमता पौडेलमा देखिन्छ । कोशी प्रदेशका सांगीतिक कार्यक्रममा आयोजकले उद्घोषकमा रोज्दा पहिलो नम्बरमा पौडेल पर्दछन् ।

    पौडेलले स्टेज प्रोग्राम कोशी प्रदेशका प्राय: सबै जिल्लामा गरिसकेका छन् । पौडेलले पहिले पहाडी जिल्लाका ३ / ४  वटा  रेडियोमा काम गरिसकेका छन् । पौडेल शिक्षक समेत हुन् । पौडेललाई आयोजकले उद्घोषकको रुपमा लिदा दर्शक तान्न सक्ने भएकाले पौडेललाई लिन्छौं आयोजकहरुको भनाइ छ । पौडेललाई ‘ रियालिटि सो ’ बाट पनि धेरै अफर गरिन्छ, तर पौडेल शिक्षक भएकाले समय दिन नसक्ने ‘ रियालिटि सो ’ का आयोजकहरुको भनाइ छ । पौडेलको प्रवेश सँगै अहिले बजारमा चलेका उद्घोषक कतै छायाँमा पर्ने होकी भनेर बजार तातिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट