
समाचार कुञ्ज
घिरिङ, माघ २०
घिरिङ गाउँपालिकामा निशुल्क आँखा जाँच शिविर हुने भएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माघ २३ गते वडा नं ५ स्थित कामधेनु माध्यमिक बिधालय प्राङ्गणमा र २४ गते वडा नं २ को राष्ट्रिय माध्यमिक बिधालय प्राङ्गणमा आँखा जाँच गरिने भएको हो।






उक्त शिविर बाट आँखा कमजोर भएकालाई निशुल्क चस्मा बितरण गर्ने तथा मोतियाबिन्दुको समस्या देखिएका बिरामीहरुलाई माघ २५ गते घिरिङ सुन्धारा स्वास्थ्य चौकिमा निशुल्क सल्यक्रिया गर्ने घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।
घिरिङ गाउँपालिकाले स्वास्थ्य सुरक्षालाई प्रथामिकतामा राखेर विभिन्न किसिमका शिविर संचालन गर्दै आइरहेको छ, विभिन्न कारणले स्वास्थ्य परिक्षण गराउन नसकेका मानिसहरुलाई लक्षित गरि आँखा शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए। सो शिविर बाट आँखाको समस्या सम्बन्धि जाँच, औषधि बितरण, मोतिबिन्दु भएका बिरामिको सल्यक्रिया , आँखा कमजोर भएकालाई चस्मा बितरण जस्ता सेवाहरु निशुल्क हुने भएकोले घिरिङका सम्पुर्ण नागरिकहरूलाई अनिवार्य सहभागी भई आँखा जाँच गर्न अध्यक्ष थापाले अपिल गरे।

प्रतिक्रिया दिनुहोस