आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँ जिल्लाको चोककोट  गाउँ चिनाउने कौरा ,चुट्का गित ङोलो ङोल्स्योको म्युजिक भिडियो सार्बजनिक


  • समाचार कुञ्ज
  • २०८१ फागुन ३, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • तनहुँ जिल्लाको चोककोट  गाउँ चिनाउने कौरा ,चुट्का गित ङोलो ङोल्स्योको म्युजिक भिडियो सार्बजनिक  गरिएको छ। 
    फागुन ०३ गते २०८१ 
    प्रतिक गुरुङ 
     तनहुँ :तनहुँ जिल्लाको भानु नगरपालिका वडा न: १० चोककोट गाउँ चिनाउने कौरा ,,चुट्का ङोलो ङोल्स्योको म्युजिक भिडियो सार्वजनिक गरिएको  छ।  उक्त गितमा गुरुङ समुदायको महान पर्व ल्होसारको अबसरमा विभिन्न कार्यक्रम हुने गर्दछ । र ल्होसारको बेलामा ङोलो ङोल्स्योले  माया प्रेम लगाउने  कुरा गितमा व्यक्त गरिएको छ । साथै चोककोट गाउँको बारेमा पनि गितमा चर्चा गरिएको छ । चोककोट गाउँको धार्मिक स्थल  मठ मन्दिरहरु पनि म्युजिक भिडियोमा देख्न सकिन्छ ।
    यस म्युजिक भिडियोमा बिजय पुन मगर ,गणेशमान घले, चाहाना राना मगर ,  र नानु घलेको अभिनय रहेको छ । यस गितमा शब्द सिर्जना अनु गुरुङ र धन कुमार गुरुङको रहेको छ । भने लय सिर्जना युनिक थापा मगरको रेहेको छ ।  यस गितमा स्वर आर के गुरुङ र नितु पुन मगरको रहेको छ ।उक्त गित बिजय थापा पत्थरको मुटु युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट