
समाचार कुञ्ज बसन्त भुजेल / देवचुली, ८ फागुन
देवचुली नगरपालिका कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा आयोजित निःशुल्क एक्स-रे शिविर प्रादेसशक क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराकाे प्राविधिक सहयोग मा यहि फागुन ११ गते देवचुली नगरपालिकाको वडा नं. १५ स्थित वडा कार्यालय भवन परिसरमा आयोजना गरिने भएको छ।
यो शिविर विशेषगरी छातीका समस्या भएका बिरामीहरूका लागि लक्षित गरिएको छ। शिविरमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, दम बढने , ज्वरो आउने , रातिमा पसिना आउने, तौल घट्ने जस्ता लक्षण देखिएका बिरामीहरूले सेवा लिन सक्नेछन्। शिविर बिहान ८ बजेबाट सुरु भएर दिउँसो ५ बजेसम्म संचालन हुनेछ देवचुली नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस