आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नरोकिने भयो कक्षा १२ को वार्षिक परीक्षा, राष्ट्रिय परीक्षा बोर्डको निर्णयले हटायो अन्योल


  • समाचार कुञ्ज
  • २०८२ बैशाख ९, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ८ पाठक संख्या
  • कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान बसेको बैठकपछि "परीक्षा नरोकिने र तोकिएको मितिमै सञ्चालन हुने" स्पष्ट पार्नु भएको छ । पछिल्लो समय शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाका कारण केही विद्यार्थीहरूमा परीक्षा सर्ने आशंका रहेको थियो।

    तर, बोर्डले सबै विद्यालय, परीक्षा केन्द्र र जिल्ला परीक्षा समन्वय समितिलाई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न अनुरोध गरेको छ। परीक्षा वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म चल्नेछ।

    परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि विद्यार्थीहरूलाई ढुक्क भएर तयारी गर्न भन्नुभएको छ । परीक्षा निश्चित छ अब द्विविधा नराखी अध्ययनमा लाग्नुस्, उहाँले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट