आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाली चलचित्र ‘ के घर के डेरा घर नं २ ’ आजदेखि देशभर प्रदर्शन 


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ३, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ८ पाठक संख्या
  • काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘ के घर के डेराः घर नम्बर २ ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी – डेरावालाबीचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् । 

    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । खनालले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यहीँ कथालाई पर्दामा उतारेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट