
समाचार कुञ्ज तिर्थराज काफ्ले असार २
श्री चण्डेश्वरी माध्यमिक विद्यालय, कावासोती–१५ गाेडारमा “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” कार्यक्रम अन्तर्गत बहुवर्षे फलफूल ड्रागन फ्रुट रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराबाट चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्राप्त पाँच लाख रुपैयाँको बजेटबाट कार्यक्रम संचालन गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री रुमाकान्त पाण्डे ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कावासोती नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा नगर शिक्षा अधिकारी श्री हेमचन्द्र पौडेल ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने नगर शिक्षा अधिकृत श्री राजन पाण्डे ज्यू विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो।
यस अवसरमा विध्यालय शिक्षक अभिभावक समितिका अध्यक्ष श्री शिवप्रसाद काफ्ले, वडा प्रतिनिधिहरू, समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
“शिक्षालाई व्यवहारमा मोडौं, ज्ञानलाई सिपसँग जोडौं” भन्ने मूल नाराका साथ कार्यक्रम संचालन गरिएको हो। यसअघि पनि विद्यालय परिसरमा तिल, धान लगायतका विभिन्न मौसमी बालीहरू लगाइएको थियो जसबाट मनग्गे आम्दानी प्राप्त भएको विद्यालयले जनाएको छ।
यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक कृषि ज्ञान प्रदान गर्नुका साथै विद्यालयको आम्दानीमा समेत सकारात्मक योगदान दिएको छ।

प्रतिक्रिया दिनुहोस