आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

अामाको सम्झनामा बिधालयमा शैक्षिक सामाग्री बितरण


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • कृष्ण माया स्मृति प्रतष्ठान द्वारा करिब सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । भिमाद नगरपालिका–७ निवासी राङरूङ  सुनचाँदी पसलका सञ्चालक शालिक राम गहतराजले स्वर्गीय आमा कृष्ण मायाको स्मृति दिवसको अवसरमा एक कार्यक्रमका बीच सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

    शनिबार जय नेपाल आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अणबहादुर शाहीको प्रमुख आतिथ्यतामासम्पन्न भयो । शाहीले सामुदायिक बिधालयमा मनलगायर पढ्नेहो भने  धेरै शैक्षिक परिबर्तन गर्न सकिने र देशाका अबल जनशक्ति ससमुदायिक बिधालयमा अध्यन गरेका नै भेटिन्छन् । बिधार्थीलाई हौशला प्रदान गर्न यस्ता शैक्षिक सामाग्री बितरण कार्यक्रमले राम्रो छाप बस्ने र बिधार्थीको  पनि मनोबल बड्ने बताय। बिशेष अतिथी भिमाद नगर पालिका वडा न७ का अध्यक्ष प्रकास श्रेष्ठले हाम्रो गाउं समाज परिबर्तन गर्न आफ्नो कमाईको केहि अंश सामाजिक कार्यमा लगायर कृष्ण माया स्मृति प्रतिष्ठानले राम्रो काम गरेको बताय। 
     
    कार्यक्रममा गहतराजले श्री जयनेपाल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी ६८ जना यससँगै शिद्ध ज्योति प्राथमिक विद्यालय पाखुरी चौतारी का १३ जना र बालविधाश्रम प्राथमिक विद्यालयका सिस्नेरीका १२ जना  साथै अन्य बिधालयका बिपन् बिधार्थी पहिचान गरी ९ जना सहित १००विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गेका हुन्।

    त्यसैगरी, कृष्णा माया स्मृतिष्ठानले पत्रकारिता क्षेत्रमा सक्रिय भुमिका निर्बाह गरेबापत महिला अल्प संख्यक दलितको क्षत्रमा कलम चलाए  बापत रेडियो  छिमकेश्वरी एफएम कि समाचार प्रमुख शर्मिला विकलाई नगद ५ हजार ५ र सम्मान पत्र सहित कार्यक्रममा सम्मान गरिएको थियो । 
    कार्यक्रममा बोल्दै गहतराजले आमाको स्मृतिमा सामाजिक कार्य गर्दा आमाको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे । यसै अवसरमा गहतराजले भिमाद नगरपालिका वडा नम्बर ६ स्थित धर्म माध्यमिक विद्यालय निर्माणका लागि रु.५ हजार पाँच सय पचपन्न आर्थिक सहयोग समेत प्रदान गरेका छन् ।कार्यम्रममा शुभकामना मन्तब्य बिधालय ब्यबस्थापन समिति सद्स्य होम नारायण श्रेष्ठ ,अमर शिङ थापा  बिधालयका प्र अ बुद्दी बहादुर भरजेल भिमाद नगरपालिका वडा नं७ र ८ सद्स्य रन्जना परियार ,पार्बती परियार ले राखेका थिय।श्वागत् मन्तब्य शिक्षिका जमुना बस्याल र कार्यक्रम संचालन शिक्षक कृष्ण सुबेदीले गर्नु भयको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट