आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिकाको नीति: रैथाने बाली प्रवर्द्धन गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • १७ पाठक संख्या
  • घिरिङ्ग असार १५
    तनहुँको घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रैथाने बालीको उत्पादन र उपभोगलाई प्राथमिकतामा राख्दै खाद्य तथा पोषण सुरक्षालाई सुनिश्चित गर्ने नीति सार्वजनिक गरेको छ।

    गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय स्तरमा स्वच्छ, गुणस्तरयुक्त तथा सबैको पहुँचमा हुने खाद्य वस्तु उत्पादन र उपभोगलाई सघाउँदै समतामूलक र दिगो खाद्य प्रणालीको विकास गरिने उल्लेख गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाका अनुसार, कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण तथा बजारीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिको रणनीति अवलम्बन गरिनेछ। साथै, माटो अनुकूल फलफुलखेती र खाद्यान्न बाली विस्तारका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी उनले दिए।

    किसानहरूको सुचिकरणलाई निरन्तरता दिइनेछ भने किसान परिचयपत्र वितरण तथा साना र सीमान्तकृत किसान लक्षित कार्यक्रमहरू पनि सञ्चालन गरिने भएको छ। जैविक विविधताको संरक्षण र उपयोगसँगै परम्परागत तथा पोषणयुक्त खाद्यान्न बालीको विस्तार गरिनेछ।

    माटो परीक्षणका लागि अम्लियपन, क्षारियपन तथा सूक्ष्मतत्वको परीक्षण गरिनेछ। त्यसका आधारमा माटो सुधार गर्न सामग्री तथा प्रविधि हस्तान्तरण गरिनेछ। साथै, बाली बीमा निःशुल्क बनाइने र बीमा प्रिमियममा सहुलियत दिइने योजना पनि नीति अन्तर्गत समावेश गरिएको छ।

    गाउँपालिकाले अकबरे खुर्सानी, केरा, सुन्तला, किवी, कफी, कागती लगायतका बालीको उन्नत बीउ तथा बजारमा माग बढी भएका तरकारी र फलफूलका बीउ तथा बेर्ना वितरण गर्ने नीति ल्याएको छ।

    यसका साथै, रासायनिक मल ढुवानीमा अनुदान, मौरी पालन तथा पुष्प व्यवसाय प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गरिने छ। गाउँपालिकाभित्र उत्पादन भएका तरकारी तथा फलफूललाई सुरक्षित राख्न कोल्ड स्टोरको व्यवस्था मिलाइने अध्यक्ष थापाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट