
समाचार कुञ्ज बुलिङटार, नवलपुर — बुलिङटार गाउँपालिका वडा नम्बर ६ अन्तर्गत कौडि क्षेत्र नजिकैको जंगलमा एतिहासिक अस्तु (हाड–अस्थिपञ्जर) जस्तो देखिने संरचना फेला परेको छ। स्थानिय बासिन्दाले देखेपछि तत्कालै जानकारी गराएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू र स्थानीय समाजसेवीहरूको टोली उक्त स्थानमा पुगेर अवलोकन गरेका छन्।
सन्देहपूर्ण रूपमा ऐतिहासिक महत्वको देखिएको उक्त संरचना मानव सभ्यता वा प्राचीन कालका अवशेष हुन सक्ने अनुमान गरिएको छ। अवलोकन टोलीले यसबारेमा थप अनुसन्धान र परीक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ।
गाउँपालिका अध्यक्षले यस संरचनालाई सुरक्षित राख्दै विज्ञ टोलीसँग समन्वय गरेर ऐतिहासिक सत्यता पुष्टि गर्ने तयारी भइरहेको जानकारी दिए। स्थानिय समाजसेवीहरूले समेत यसको ऐतिहासिकता खुलाउने पहलमा साथ दिने प्रतिवद्धता जनाएका छन्।
अहिले उक्त स्थानमा सर्वसाधारणको भीड लाग्न थालेको छ भने गाउँपालिकाले अनावश्यक क्षति हुन नदिन सुरक्षाका लागि निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस