
समाचार कुञ्ज साउन , २१
पछिल्लो समय चर्चामा रहेको कालिगण्डकी वहान परिर्वतन डाइभर्सन विषयमा घिरिङ गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । घिरिङ गाउँपालिकाको आयोजनामा यहि साउन २७ गते कालीगण्डकी नदिको बहान परिवर्तन सहि या गलत भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता हुने भएको हो । 
घिरिङ गाउँपालिका वडा नम्बर – १ पुट्टारको महामृत्यन्जयधाम मा हुने उक्त प्रतियोगितामा कक्षा ११ र १२ सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न विद्यार्थीहरू सहभागी हुन पाउनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले १५ हजार प्रमाणपत्र , द्वितीय हुनेले १२ हजार प्रमाणपत्र , तृतीय हुनेले १० हजार प्रमाणपत्र ,सान्त्वना हुनेले ८ हजार प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस