
समाचार कुञ्ज साउन २१ ,तनहुँ
घिरिङ गाउँपालिका वडा नम्बर ४ फुलामा रहेको फुला आधारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारीले टोल टोलमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका छन् । करूवाटारमा पुगेर वृद्वहरूको प्रेसर, सुगर,जाँच गर्नुका साथै प्राथमिक उपचार सेवा सम्बन्धी जानकारी गराएका हुन । जाँच्ने क्रममा धेरैमा प्रेसर अलि बढि भएता पनि धेरैजसोले घरायसी आैषधी प्रयोग गरेको समेत बताएका थिए ।
आज करूवाटार घुम्ती सेवामा ४७ जनाले स्वास्थ्य परिक्षण सेवा लिएका फुला आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । स्वास्थ्य परिक्षणमा फुला आधारभुत स्वास्थ्य सेवा केन्दकी अ.हे.व ममता गुरूङले सेवा परिक्षण गरि प्ररामर्श समेत दिएकी थिन् । घुम्ती सेवा प्रत्येक महिनामा एक पटक निरन्तरता दिने स्वास्थ्य केन्दका प्रमुख श्रेष्ठ बताए ।
हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने केन्द्रका प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस