आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको स्वरको ‘ बाला जोबान ’ बोलको तीज गीत सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २४, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ८ पाठक संख्या
  • काठमाडौं । चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको स्वरमा रहेको ‘ बाला जोबान ’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ । उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत रहेको छ । 

    यस्तै, उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ ले गरेकी छिन् । गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका छन्, भने उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ को अभिनय देख्न सकिन्छ । उक्त गीतको एरेन्ज विश्वास नेपालले गरेका छन् । 

    त्यसैगरी, उक्त गीतको भिडियो सम्पादन नविन घर्ति मगर गरेका छन् । उक्त गीत मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड गरिएको हो, भने रेकर्डिष्टमा खुमन राना र सुमन राना रहेका छन् । उक्त गीतको मिश्रण / मास्टरिङ कुमार रानाले गरेको छन् । त्यस्तै, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकम रहेका छन् । उक्त गीतको भिडियो कमला पोख्रेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
    भिडियो ; 
    https://youtu.be/47l3vhl5ipc?si=EuBCWkRMrl5y1-B6

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट