
समाचार कुञ्ज साउन , २९ समर रानाभाट
। बौदिकाली गाउँपालिका वडा वडा नं २ स्थित कृष्ण गण्डकी बचत तथा ऋण सहकारी कार्यालय परिसरमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर हुने भएको छ ।
यहि साउन ३० गते शुक्रबार दिन कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लि र होराजन डेन्टल क्लिनिक प्रा.लि को प्राविधिक सहयोगमा शिविर आयोजना हुने भएको हो ।
शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ ।
दन्त परिक्षणसँगै उचित सरसल्लाह र सुझाव दिने व्यवस्था समेत मिलाइएको संस्थाका अध्यक्ष उज्जल ओझाले बताए ।
स्वास्थ्यको संवेदनशिल अंग मुखलाई उचित स्याहारसुसार गरि क्यान्सर जस्ता प्राणघातक रोगबाट बच्न सकियोस भन्ने उद्धेश्यले शिविर संचालन गरिएको ओझाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस