आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कृष्ण गण्डकी बचत तथा ऋण सहकारीको आयोजनामा एक  नि:शुल्क दन्त शिविर सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ८ पाठक संख्या
  • साउन , ३० समर रानाभाट
    नवलपुरको बौदिकाली गाउँपालिका वडा  वडा नं २ स्थित कृष्ण गण्डकी बचत तथा ऋण सहकारी कार्यालय परिसरमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर  सम्पन्न भएको छ । 
    कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लि र होराजन डेन्टल क्लिनिक प्रा.लि रामपुर पाल्पाको प्राविधिक सहयोगमा  शिविर सम्पन्न  भएको हो ।

    संस्थाका अध्यक्ष उज्ज्वल ओझाको  अध्यक्षतामा भएको कार्यक्रम बौदिकाली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी केसी सारुको प्रमुख अतिथि रहनु भएको थियो  । दन्त शिविर कार्यक्रममा उपाध्यक्ष  सारूले शिविरको आयोजनाले नागरिकलाई निक्कै सहज बनाएको बताईन । उनले यस्ता सामाजिक काममा यस संस्था  निरन्तर सक्रिय भएको समेत उनले  बताईन । 

    कार्यक्रममा बौदिकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेत , वडा नं २ का अध्यक्ष श्याम सुन्दर , वौदिकाली स्वास्थ्य शाखा प्रमुख मेघ बहादुर ठाडा मगर लगायको उपस्थिति रहेको  थियो ।

    शिविरमा दुई सय ५३ जनाले दन्तरोगीहरूकन्ह दातँ परिक्षण गरिएको थियो भने महिला एक सय ५२ जना र पुरूष एक सय १ जना रहेका थिए । जसमा ६४ जनाको दातँ उखेलिएको थियो भने ९ जनाको पुरै दातँ नि शुल्क दातँ राख्ने सिफारिस गरिएको संस्थाका अध्यक्ष ओझाले बताए । 

    कार्यक्रम संचालन र व्यवस्थापनको लागी सहयोग गर्ने संस्थाका कर्मचारी, सल्लाहकार,संचालक समिति, सबै उप समिती, स्थानिय र विशेष व्यवस्थापीय भुमिका निर्वाह गर्ने सदस्य तथा सामाजिक सेवा कोषका ऋषिराम पौडेल, हरि सारु मगर,  र होराइजन डेण्टल क्लिनिक प्रति संस्थाले धन्यवाद ज्ञापन गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट