आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपरासीमा जापानीज इन्सेफलाइटिसबाट एक पुरुषको मृत्यु


  • समाचार कुञ्ज
  • २०८२ भाद्र २, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) — नवलपरासीमा लामखुट्टेको टोकाइबाट सर्ने रोग जापानीज इन्सेफलाइटिस का कारण एक व्यक्तिको मृत्यु भएको छ।

    मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष रहेका छन्। उनी केही दिनदेखि बिरामी परेपछि उपचारका क्रममा मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी छविलाल सुबेदीले जानकारी दिनुभयो।

    स्वास्थ्य कार्यालयका अनुसार वर्षा र गर्मीको समयमा यो रोगको जोखिम बढी हुने भएकाले सरसफाइमा ध्यान दिन र लामखुट्टेको टोकाइबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट