आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङमा तीज गीत प्रतियोगिता सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ९ पाठक संख्या
  • नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर ऋषिङ्ग गाउँपालिकामा वडास्तरीय खुला तिज गीत प्रतियोगिता वडा नम्बर ६ को ढुङ्गागाढे पार्कमा सम्पन्न भयो । ‘ऋषिङ्गको विकासमा पूर्व र वर्तमान अवस्थाः संघीयतामा महिलाहरूको भूमिका’ शीर्षकमा आयोजित उक्त प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उद्घाटन गरिन् ।उक्त अवसरमा बोल्दै मन्त्री न्यौपानेल तीज गीत प्रतियोगिताले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै महिला सशक्तिकरणको सन्देश पनि फैलाउने बताइन् । उनले तीज गतीले महिलाको संघर्षको गाथा बोक्ने बताइन् । तीज पर्व महिलाको उत्थान, संघर्ष र क्रान्तिमा आधारित भएर सबैले उल्लास पुर्वक मनाउन थालिएको मन्त्री न्यौपानेले बताइन् ।

    गाउँपालिकाले नीति र योजना बनाउदा महिलालाई प्राथमिकता राखेर बनाउन पर्ने मन्त्री न्यौपानेको भनाई थियो । ऋषिङले आफुलाई तीज गीत प्रतियोगितामा बलाएपछि आफुले मन्त्रालयको महत्वपुर्ण काम थाँती राखेर आएको मन्त्री न्यौपानेले बताइन् ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङको यस गौरवपुर्व कार्यक्रमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले प्रमुख अतिथिको रूपमा उद्घाटन गरि थप गरिमा प्रदान गर्नुभएको बताए । आफुले ऋषिङमा गरेको विकासको कामलाई महिलाहरुले गीत मार्फत व्यक्त गरेको बताए । गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले पनि मन्तव्य राखेका थिए ।उक्त प्रतियोगितामा वडा नम्बर १ को ग्याजा आमा समुह प्रथम, वडा नम्बर ५ को लालीगुराँस आमा समुह दोश्रो, वडा नम्बर ४ को प्रगती महिला सन्जाल तेश्रो तथा वडा नम्बर २ को नमुना आमा समुहले सन्त्वना स्थान प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रवक्ता बिजय दरैले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट