आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिका भित्रका अपाङ्ग भएका व्यक्तिको नि: शुल्क स्वास्थ्य बिमा गर्ने 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन ९, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ७ पाठक संख्या
  • असोज , ०९ 
    तनहुँ जिल्ला घिरिङ गाउँपालिका भित्र अपाङ्ग भएका व्यक्तिहरूको नि : शुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । गाउँपालिकाले 'ग' र 'घ' वर्गको अपाङ्ग परिचयपत्र  प्राप्त भएका ७८ जनाको नि: शुल्क स्वास्थ्य बिमा गर्ने भएको हो । स्थानीय अपाङ्ग समन्वय समितिको गत भदौ १९ गते बसेको बैठकको निर्यणअनुसार चालु आर्थिक वर्षको अपाङ्ग लक्षित कार्यक्रम अन्तरगत उनीहरूको बिमा गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष राधादेवि अधिकारी जानकारी दिइन । अपाङ्ग भएका व्यक्तिहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउने उदेश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अघि बढाइएको अधिकारीले बताइन । 

    गाउँपालिकाले  पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सुचना जारी सम्बन्धी वडामा रहेका अपाङ्ग भएका व्यक्तिहरूको स्वास्थ्य बिमा प्रकिया अघि बढाउन अनुरोध गरि सकिएको सुचना अधिकृत धुव्रराज लामिछानेले जानकारी दिए । स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्ताानी गर्ने क्रममा सम्बन्धी परिचयपत्र नागरिकता, जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तर सम्म उपलब्ध गराउन सुचना गरिएको उनले बताए । 

    सुचनामा उल्लेख गरेको अनुसार 'घ' वर्गका अपाङ्ग भएका  १७ जना 'ग`वर्गका अपाङ्ग भएका ५७ जना र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ । जसअनुसार घिरिङ गाउँपालिका – १ का १७ जना , घिरिङ गाउँपालिका -२ का १४ जना, घिरिङ गाउँपालिका -३ का  २० जना, घिरिङ गाउँपालिका -४ का १५ जना, घिरिङ गाउँपालिका -५ का १२ जना रहेका छन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट