आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऐतिहासिक देविथान मन्दिरमा नौं दुर्गा पूजा तथा सम्मान कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १६, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ११ पाठक संख्या
  • चितवन । ऐतिहासिक देविथान मन्दिरकोकावासाेती १३ काे आयोजनामा नौं दुर्गा पूजा, ज्येष्ठ नागरिक एवं धार्मिक–सामाजिक व्यक्तित्व सम्मान कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गरिएको छ ।

    कार्यक्रमको अध्यक्षता स्थानीय धार्मिक, सामाजिक एवं ज्येष्ठ व्यक्तित्व आदरणीय श्री क्षेत्र बहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यका रुपमा चितवन निवासी धार्मिक, सामाजिक तथा शैक्षिक व्यक्तित्व आदरणीय श्री बेल बहादुर गुरुङको उपस्थिति रहेको थियो । साथै ऐतिहासिक साविक पिठौली क्षेत्रका धार्मिक, सामाजिक र शैक्षिक व्यक्तित्वहरुको विशेष उपस्थितिले कार्यक्रमलाई गौरवपूर्ण बनाएको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य चिन्तामणि शर्माले गर्नुभएको थियो भने शुभकामना मन्तव्य क्रमशः कृष्ण प्रसाद गुरुङ र प्रमुख अतिथि बेल बहादुर गुरुङले दिनुभएको थियो । कार्यक्रमको सञ्चालन समिर लामिछानेले गर्नुभएको थियो ।

    कार्यक्रममार्फत ज्येष्ठ नागरिक तथा धार्मिक–सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई विशेष सम्मान गरिनुका साथै सामुदायिक एकता, धार्मिक सद्भाव र संस्कृतिको संरक्षणमा जोड दिइएको आयोजक मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट