आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ -४ गडौलिटारमा गर्भवती महिलाको अल्ट्रासाउण्ड


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक २५, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ६ पाठक संख्या
  • कार्तिक २५ ,समर रानाभाट 
    घिरिङ गाउँपालिकाको आयोजनामा गर्वती महिलाहरूका लागि  कार्यक्रम अन्तर्गत  ग्रामीण अल्ट्रा साउण्ड भिडियो एक्सरे कार्यक्रम गडौलिटार स्वास्थ्य सेवा केन्द्रमा सोमबार सम्पन्न भएको छ । घिरिङका गाउँपालिका अध्यक्ष होम बहादुर थापाको प्रमुख अतिथिमा रहेको कार्यक्रमको वडा नम्बर -४ का वडाध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा  रहेको थियो । ग्रामीण भेग भएता पनि स्वास्थ्य सेवा केन्द्रमा  पुगेर स्वास्थ्यकर्मीहरुद्धारा ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य भएको र गर्भवती महिलाको गर्भजाँच सहजै भएपछि स्वास्थ्यकर्मीहरु सेवा केन्द्रमा पुगेर अल्ट्रासाउण्ड भिडियो एक्सरे गरिएको अध्यक्ष थापाले बताए । 

    घिरिङ गाउँपालिका– ३ का विष्णु पौडेल  तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी सेवा केन्द्रमा पुगेर गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने कार्यले निक्कै सहजता ल्याएको बताईन। यसअघि यस्तो ब्यवस्था नहुँदा गर्भवती महिलाको अन्तिम अवस्थामा मात्र गर्भको अबस्थाका बारेमा जानकारी हुने भएपछि धेरै महिलाले दुःख पाउने अवस्था थियो।

    घिरिङ  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले  गर्भवतीको गर्भमा रहेको शिशुको अबस्था पत्ता लगाउन र गर्भवती महिलाको सहजताका लागि शाखाले यसलाई अभियानका रुपमा सञ्चालन गरेको बताए ।

    घिरिङ  गाउँपालिका– ४  स्वास्थ्य संस्था अन्र्तगतका गर्भवती महिलाहरुको अल्ट्रा साउड गर्ने कार्य भएको बताए । जसमा १४ जना गर्भवती महिलाका यो कार्य गरिएको हो । कार्यक्रममा घिरिङ सुन्धारा  स्वास्थ्य चौकीका प्रमुख प्रितम थापा, प.हे.न. विष्णु पौडेल , फुला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठ , गडौलिटार स्वास्थ्य सेवा इकाइ, रोजिशा ढुङगाना सुनारसेवी ,वुद्वजिवि ,स्थानीय महिला दिदि बहिनीहरू लगायता उपस्तिथि रहेको कार्यक्रमको स्वागत मन्तव्य घिरिङ सुन्धारा चौकीका प्रमुख प्रितम थापाले गर्नु भएको थियो भने कार्यक्रम संचालन घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट