आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिकाको रनिङ–शिल्ड प्रतियोगितामा चन्द्र ज्योति  माध्यमिक विद्यालय प्रथम 


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक ३०, आईतबार मा प्रकाशित ३ महिना अघि
  • १० पाठक संख्या
  • कार्तिक ३० , समर रानाभाट  
    तनहुँ जिल्लाको  घिरिङ गाउँपालिकाद्वारा आयोजित ७ औँ राष्ट्रपति रनिङ–शिल्ड  अन्तरविद्यालयीय खेलकुद प्रतियोगितामा चन्द्र ज्योती माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। विद्यालयले  ९ स्वर्ण, ८ रजत र २ कास्य गरी कुल १९ पदक प्राप्त गरेको हो।

    त्यसैगरी महेन्द्र ज्योति माध्यमिक विद्यालयले  ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक लिएर द्वितीय स्थानमा रह्यो भने कृष्ण माध्यमिक विद्यालयले ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित १७ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्‍यो। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यालयहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

    ७ औँ राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगितामा कर्मचारी र शिक्षक कर्मचारी बिच मैत्रीपर्ण खेलमा कर्मचारी टिमले जितेको हासिल गरेको छ । जसलाई  नगर १० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्रप्त गरे ।

    घिरिङ गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता महेन्द्र ज्योती मा वि गडौलिटार र गाउँपालिकाका  खेलमैदानमा सम्पन्न भएको हो। कार्यक्रममा ७ विद्यालयका विद्यार्थी–खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए। भलिबल खेलमा विद्यागत छात्रा तर्फ बेष्ट प्लेयर चन्द्र ज्योति की मनिसा श्रेष्ठ , छात्र तर्फ  कृष्ण मा.वि. सुजन सनार भएका छन् । 


    समापन समारोह वडा नं. -३ वडाध्यक्ष तहल सिं थापाको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष  होम बहादुर थापा प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रमुख अतिथि थापाले  शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउँदै विद्यालयस्तरमै प्रतिभा पहिचान र विकासका लागि निरन्तर सहयोग रहने जनाए।

    गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारीले विजयी खेलाडीहरूले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म उत्कृष्टता देखाउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा घिरिङ गाउँपालिकाका पुर्व अध्यक्ष रन बहादुर राना  , पुर्व उपाध्यक्ष सरास्वती सिग्देल , वडा नं – १ का वडा अध्यक्ष रवि चन्द्र घोरासनी , वडा -२ वडा अध्यक्ष नर बहादुर थापा, वडा नं -४ वडा अध्यक्ष भिम बहादुर कुमाल , वडा नं – ५ वडा अध्यक्ष विष्णु विर थापा , कार्य पालिका सदस्य भुवन विक, पार्वति विक , इश्वरी  श्रेष्ठ , नेकपा महाधिवेशन प्रतिनिधि प्रतिनिधि विष्णु भक्त सिग्देल, कृष्ण मा वि का पुर्व प्र.अ. धुर्वराज सिग्देल ,विद्यालय व्यवस्थापन समितिका पदधिकारी , विद्यालयका प्रधानाध्यापकहरू ,गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू विभिन्ना राजनितिक दलका प्रतिनिधिको उपस्तिथि रहेको थियो । 

    कार्यक्रम शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी सञ्चालनमा सम्पन्न भएको थियो। विद्यार्थी–खेलाडीहरूले मार्चपास प्रस्तुत गरेका थिए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट