
समाचार कुञ्ज तनहुँ ,२५ पुष समर रानाभाट –
घिरिङ गाउँपालिकाको गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ । हिउँदे अधिवेशन गाउँपालिका अध्यक्ष होम बहादुर थापाको अध्यक्षतामा गाँउपालिकामा १९ औँ गाउँ सभाको हिउँदे अघिवेशन सम्पन्न भएको हो । शुक्रबार घिरिङ गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८२/०८३ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि निर्णय , गाउँकार्यपालिकाले हालसम्म गरेका सम्पुर्ण निर्णयहरु, आर्थिक वर्षको हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८२/८३मा गाउँकार्यपालिका बैठकले पारित गरेका आ.व. २०८२/०८३ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएका सम्पूर्ण योजनाहरुको अनुमोदन गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको हो।

गाउँ सभामा योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धि प्रस्ताव गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने चालू आर्थिक बर्ष ०८२/८३ को अर्धवार्षिक कार्य प्रगति विवरण प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले प्रस्तुत गर्नु भएको थियो। बेरुजु सम्बन्धि प्रस्ताव लेखा समितिका संयोजक वडा नम्बर -३ का वडा अध्यक्ष तहल सिंह थापाले प्रस्तुत गर्नु भएको थियो । 
गाउँपालिकाको हिउँदे अधिवेशन पेश भएका प्रस्तावहरुमा आफ्ना भनाईहरु राख्न गाउँ सभाका सदस्यहरुलाई समय उपलब्ध गराएर सबैको सर्बसहमतिमा प्रस्ताव पारित गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा तथा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल र ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस