आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

माघे संक्रान्ति नजिकिँदै गर्दा नवलपुरको तरुलको माग ह्वात्तै बढ्यो


  • समाचार कुञ्ज
  • २०८२ पौष २६, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ८१ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती
    माघे संक्रान्तिको अवसरमा नवलपुर जिल्लाको पहाडी क्षेत्रबाट कावासोती हाटबजारमा बिक्रीका लागि ल्याइएको तरुलको विशेष माग बढेको छ। परम्परागत रूपमा माघे संक्रान्तिमा तरुल खाने चलन रहेकाले यस समय बजारमा भीडभाड देखिएको छ।
    स्थानीय किसानहरूले उत्पादन गरेको ताजा तरुल कावासोती हाटबजारमा मात्र नभई यहाँबाट देशका ठूला शहरहरू—काठमाडौं, पोखरा, भरतपुर लगायतमा समेत निर्यात हुँदै आएको छ। स्वादिलो र गुणस्तरीय भएकाले नवलपुरको पहाडी तरुल उपभोक्तामाझ लोकप्रिय बन्दै गएको व्यापारीहरू बताउँछन्।
    माघे संक्रान्तिको मौसमले किसानको आम्दानी बढाएको छ भने पहाडी क्षेत्रको उत्पादनले राष्ट्रिय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ।

    ghiring

    ghiring
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट