
समाचार कुञ्ज घिरिङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विभिन्न वडामा नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम हुने भएको छ । माघ महिनाको कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा उच्च रक्तचाप, मधुमेह, मोटोपना सम्बन्धि समस्याहरुको पहिचानकोलागि स्क्रिनिङ कार्यक्रम हुने भएको गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।वडा नम्बर १ माघ १८ गते कटहरेमा, माघ २० गते अत्रौलीमा, माघ २२ गते बैडीमा, माघ २५ गते भन्टार, माघ २६ गते खुम्लिङटार र माघ २९ गते वन्टारमा उक्त कार्यक्रम हुने भएको छ ।
त्यस्तै वडा नम्बर २ को माघ १५ गते काठेकोट, माघ १८ गते घ्यासिङछाप, माघ १९ गते भोरकोट, माघ २० गते माहोरकोट, माघ २१ गते कोलडाँडा र माघ २२ गते घिरिङ देउरालीमा स्क्रिनिङ कार्यक्रम हुने भएको छ । त्यसैगरि वडा नम्बर ४ अन्तर्गतको फुला आधारभुत स्वास्थ्य केन्द्र अन्तर्गत माघ १५ गते कृष्णगंगा आवि, माघ १८ गते फुला, माघ १९ गते जलदेवी आवि, माघ २० गते जयनेपाल आवि, माघ २१ गते बालज्योती आवि र माघ २५ गते गड्यौलीटारमा उक्त कार्यक्रम हुने गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।
त्यस्तै वडा नम्बर ५ को साभुङ हटिया स्वास्थ्य चौकी अन्तर्गत माघ १५ गते धेनुङ देउराली, माघ १८ गते धेनुङ गाउँ, माघ १९ गते मोहरिया, माघ २० गते किटिया, माघ २१ गते बल्छिगौडा र माघ २३ गते मोचावारीमा स्क्रिनिङ कार्यक्रम हुने रिमालले बताए । गाउँपालिकाले नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम अन्तर्गत विभिन्न समयमा विभिन्न वडामा कार्यक्रम सन्चालन गरिरहने रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस