
समाचार कुञ्ज नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रत्यक्ष उम्मेदवारी छनोट प्रक्रियालाई लिएर गम्भीर असन्तुष्टि देखिएको छ। आफूलाई ‘नयाँ’ भनेर चिनाउने पार्टीले प्रत्यक्ष उम्मेदवारीका आकांक्षीबाट २५ हजार रुपैयाँ शुल्क लिइए पनि उनीहरूको आवाज नसुनिएको भन्दै पार्टी नेतृत्वको आलोचना सुरु भएको हो। नवलपुरका रास्वपका नेता पुष्पमनी खरालले सामाजिक संजाल फेसबुकमा पार्टीको उमेदवारी प्रक्रियाको विषय उठाउँदै पार्टीको औचित्यनै समाप्त भएको लेखेकाछन् ।
आकांक्षीहरूका अनुसार ३–४ घण्टा लगाएर भरिएका अनलाइन फारमलाई बेवास्ता गर्दै, बन्द कोठामा गरिएको उम्मेदवारी छनोट प्रक्रिया ले प्राकृतिक न्यायको सिद्धान्त—आकांक्षीहरूको कुरा सुन्ने (Audi Alteram Partem) र निष्पक्षता (Hear the other side rule)—को घोर उल्लंघन गरेको छ।
उम्मेदवारी छनोट समितिले आकांक्षीहरूसँग कुनै छलफल नगरी, न त उनीहरूको योग्यता, योगदान र प्रतिबद्धता मूल्यांकन गरी उम्मेदवार चयन गरेको आरोप लगाइएको छ। यस प्रकारको निर्णय प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुनुको औचित्यमाथि नै प्रश्न उठाएको आकांक्षीको भनाइ छ।
“यदि पार्टीलाई साँच्चिकै फरक र सुधारमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न चाहिन्छ भने, उम्मेदवार छनोट समितिले सार्वजनिक रूपमा माफी माग्दै स्पष्ट र उपयुक्त जवाफ दिनुपर्छ,” । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने हो भने, रास्वपाको राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने उल्लेख गरिएको छ ।
प्रतक्ष्य उम्मेदवारी को लागी २५००० शुल्क, ३-४ घण्टा लगाएर भरिएका अनलाईन फारम लाई ऐसि का तैसी गरि “प्राकृतिक न्याय को सिध्दान्त (आकांक्षी हरुको कुरा सुन्ने, Audi Alteram Partem, Hear the other side) को घांटी रेटी बन्द कोठामा गरिएको उम्मेदवारी चयन ले राष्ट्रिय स्वतन्त्र पार्टी को स्थापना को औचित्य समाप्त भएको छ!
स्थापना को औचित्य सावित गर्ने हो, पार्टि लाई राजनीतिक ढांचा मा परिणत गर्ने हो भने उम्मेदवार छनोट समिती ले माफि माग्नु पर्दछ र उपयुक्त जवाफ दिनुपर्दछ, अन्यथा पार्टी को अवसान चांडै नै हुनसक्छ!
खराल प्रतिनिधि सभा नवलपुर २ तर्फका आकांक्षी उमेदवारका रुपमा रहेका थिए । तर केन्द्रबाट उक्त क्षेत्रमा मनिष खनालले टिकट प्राप्त गरेका छन् ।
पार्टीका केन्द्रिय नेताका रुपमा समेत परिचित खरालले सामाजिक संजालमा लेखेकाछन् … हामि नयां?

प्रतिक्रिया दिनुहोस